देश

गृहमन्त्री लेखकको स्पष्ट संकेत – नागरिकता विधेयक असार १४ मा पारित हुन्छ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता सम्बन्धी विधेयक यही असार १४ गते प्रतिनिधि सभाबाट पारित हुने बताएका छन्। बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नागरिकताको विषय लामो समयदेखि अलमलमा परेकाले अब टुंग्याउने बेला आएको बताएका हुन्।

“१४ गते प्रतिनिधि सभामा विधेयक पेश हुँदैछ, सोही दिन पारित पनि गर्नेछौं,” गृहमन्त्री लेखकले बैठकमा भने। उनले विधेयक पारित गरेर नागरिकताको विषय यो महिनाभित्रै निष्कर्षमा पुर्‍याउने सरकारको लक्ष्य रहेको बताए।

बैठकमा समितिले छोटो समयमा छलफल गरी नागरिकता विधेयकलाई समितिबाट टुंगोमा पुर्‍याएको जनाउँदै मन्त्री लेखकले यसको कार्यान्वयनमा ढिलाइ हुन नहुनेमा जोड दिए। त्यसैगरी, नेपाल प्रहरीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकमाथि पनि समितिमा सैद्धान्तिक छलफल सुरु भएको छ। मन्त्री लेखकले प्रहरीसम्बन्धी विधेयकलाई समेत असार महिनाभित्रै समितिबाट पास गराएर संसदमा पेस गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन्।

उनले प्रहरी विधेयक सरकारको प्राथमिकतामा रहेको र छिटो निष्कर्षमा पुर्‍याउन सरकार प्रतिवद्ध रहेको बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *