राजविराज (सप्तरी)। यहाँ बोदेबर्साइन नगरपालिकामा आज बिहान शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बल राजविराज कार्यालयका अनुसार बारा जिल्लाको पचरोता नगरपालिका–८ अमरपटी घर भएका ३५ वर्षीय प्रहरी हवल्दार जितेन्द्र यादवको मृत्यु भएको हो ।
बोदेबर्साइन नगरपालिका–५ स्थित सशस्त्र प्रहरीको क्याम्पमा कार्यरत यादवको बिहान शौचालय जाने क्रममा एक्कासी लडेका थिए ।




