देश

औद्योगिक प्रतिष्ठानलाई श्रम कानुनको अक्षरसः पालना गर्न निर्देशन

काठमाडौँ। व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र र श्रम तथा रोजगार कार्यालयले ३२ वटा औद्योगिक एवं व्यावसायिक प्रतिष्ठानको अनुगमन गरेर त्रुटि सच्च्याउन निर्देशन दिएको छ ।

विभागका प्रवक्ता मणिनाथ गोपका अनुसार केही प्रतिष्ठानमा न्यूनतम पारिश्रमिकको कार्यान्वयन नभएको, नियमित श्रम ‘अडिट’ नभएको, सामाजिक सुरक्षाकोषमा सूचीकरण नभएकोलगायत मौजुदा ऐनकानुनको पालना नभएकाले तिनको अक्षरसः पालना गर्न निर्देशन दिइएको हो ।

श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५ र प्रचलित कानुनको पालना गर्न निर्देशन दिइएको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *