देश

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आगामी वैशाख १७ गतेका लागि बोलाइएको केन्द्रिय समिति बैठक अर्को सूचना प्रकाशित नहुञ्जेल सम्मका लागि स्थगित गरिएको हो ।

मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रिय समिति बैठक स्थगित गर्नु पर्नुको कारण खुलाएको छैनन् ।सभापति शेरबहादुर देउवा उपचारका लागि बैंकक र थाइल्याण्ड गएको र त्यहाँवाट नेपाल फर्किन केही समय लाग्ने भएकाले बैठक स्थगित भएको हुन सक्ने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *