राजनीति

प्रधानमन्त्री ओली औपचारिक भ्रमणका लागि थाइल्यान्डमा

बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्ड पुगेका छन्।

प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समयअनुसार ६ ः१५ बजे बैंकक अवतरण गरेका हुन्। उनलाई थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ, थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली र नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

यो भ्रमण थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको औपचारिक निमन्त्रणामा भएको हो। नेपालका प्रधानमन्त्रीले पहिलो पटक औपचारिक रूपमा थाइल्यान्ड भ्रमण गरेका हुन्।

प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा। युवराज खतिवडा, सरकारका मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्र सचिव अमृतबहादुर राई लगायतका अधिकारीहरूको टोली पनि भ्रमणमा रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *