काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मन पराउने र नपराउने दुवै प्रकारका व्यक्तिहरू भएको बताएका छन्। मंगलबार कांग्रेस नेता सुजाता कोइरालाको आत्मकथा ‘म र सानोबुवा’ को विमोचन कार्यक्रममा बोल्दै उनले जसले जे भने पनि आफूले इमान्दारपूर्वक काम गरिरहेको बताए।
प्रधानमन्त्री ओलीले भने, “मन पराउने र नपर्ने पनि अनौठो हुने रछ। त्यही मान्छे एकथरीले मन पराउँछन्, उधुम गर्छन्, भने अर्काथरी मान्छेले मन नपराउँछन्, उधुम गर्छन्। म त भुक्तभोगी छु। मलाई ‘आई लभ यु’ भन्ने पनि छन्, ‘आई हेट यु’ भन्ने पनि छन्। यो उनीहरूको राइटको कुरा हो। मैले आफ्नो काम राम्ररी गर्नुपर्छ, इमान्दारपूर्वक गर्नुपर्छ। को के भन्छ त्यो उसको कुरा हो।”
यसअघि ललितपुरमा आयोजित एक कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न नदिनेहरू सरकारविरुद्ध लागिपरेको बताएका थिए।




