काठमाडौं । अखिल नेपाल सुकुमबासी सङ्घले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीको हकहितका लागि भन्दै विभिन्न चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ ।
सङ्घका अध्यक्ष अमर परियारले विज्ञप्ति जारी गर्दै वैशाख २० गतेदेखि जेठ ७ गतेसम्मका लागि सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गरेका हुन् ।
जसमा आमहड्ताल गर्नेदेखि प्रधानमन्त्री बालेन शाहलाई पदबाट हटाउनेसम्मका माग राखिएको छ । सङ्घले यस शान्तिपूर्ण सङ्घर्षमा सहभागी हुन सम्पूर्ण जनसङ्गठन, संस्था र राजनीतिक दलहरूलाई सहयोग र ऐक्यबद्धताका लागि अपिल समेत गरेको छ ।





