काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो । सरकारले घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो । यस्तै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । आजै बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
यस्तै राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिसका लागि तीन सदस्यीय समिति गठन भएको छ । मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । स्रोतका अनुसार समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल रहेका छन् ।
यस्तै नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुईंटेल नियुक्त भएका छन् । सर्टलिस्टमा परेका मध्येबाट सर्लाही हरिवनका ४५ वर्षीय लुईंटेललाई मन्त्रिपरिषद्ले नियुक्त गरेको हो । लुईंटेलले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नोतत्तर गरेका छन् ।




