राजनीति

चैत ७ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ कार्यक्रम

काठमाडौं । आगामी चैत ७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ कार्यक्रम हुने भएको छ।

प्रतिनिधिसभा नियमावली, २०७९को परिच्छेद ९ बमोजिम ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’सम्बन्धी कार्यक्रम आगामी चैत ७ गतेको बैठकमा हुने गरी निर्धारण गरिएको सभामुख देवराज घिमिरेले संसद्लाई जानकारी गराए।

उनले भने, ‘प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह नौमा रहेका सदस्यले यस महिनामा प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम आगामी चैत ३ गते आइतबार दिनको २ बजेभित्र प्रतिनिधिसभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखित रूपमा दिइसक्नुहुन व्यहोरा सभासमक्ष जानकारी गराउन चाहन्छु।’

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *