राजनीति

माओवादी अध्यक्ष प्रचण्ड , उपमहासचिव शर्मा र पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठबीचको सम्बन्धमा खटपट

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र अध्यक्ष पुष्पकमल दाहाल ,प्रचण्ड, उपाध्यक्ष जनार्दन शर्मा, र पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठबीचको सम्बन्ध पछिल्लो समयमा जटिल बन्दै गएको छ। पार्टीभित्रको आन्तरिक कलह र गुटबन्दीका कारण यी नेताहरूबीच मतभेदहरू सतहमा आएका छन्।

गत वर्ष, नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री नियुक्त गर्दा पार्टीभित्र असन्तुष्टि देखिएको थियो। जनार्दन शर्मा र शक्ति बस्नेतले पनि उक्त पदको आकांक्षा राखेका थिए, तर प्रचण्डले श्रेष्ठलाई नियुक्त गरेपछि उनीहरू असन्तुष्ट बने। यसले प्रचण्ड र श्रेष्ठबीचको सम्बन्धमा पनि तनाव उत्पन्न गराएको छ।

अखिल क्रान्तिकारीको नेतृत्व चयनमा पनि गुटगत प्रतिस्पर्धा देखिएको छ। अध्यक्ष पदका लागि प्रचण्ड, श्रेष्ठ, र शर्माले आ–आफ्ना समर्थकहरूलाई अघि सारेका छन्। यसले पार्टीभित्रको आन्तरिक शक्ति संघर्षलाई थप उजागर गरेको छ।

समग्रमा, माओवादी केन्द्रभित्रका यी शीर्ष नेताहरूबीचको सम्बन्ध आन्तरिक कलह, गुटबन्दी, र पदको आकांक्षाका कारण जटिल बन्दै गएको देखिन्छ। माओवादी नेताहरु पछिल्लो समय प्रचण्डको छेपारे शैलीले दिक्क भएका छन् । बोलीको स्थायित्व नभएकै कारण पछिल्लो समय अध्यक्ष प्रचण्डप्रतिको विवास माओवादी नेताहरुमा कम हुँदै गएपछि अहिले गुटगत दुरी र अध्यक्ष प्रचण्डसँगको सामिप्तामा दुरी बढ्दै गएको सामाजिक संजालमा प्रकासित समाचारहरुले प्रष्टै पारेको छ ।

सत्ताबाट बाहिरिएपछि माओवादी अध्यक्ष प्रचण्डमा सत्तामा पुग्ने छट्पट्ी भएरै सरकारका विरोधमा सकरात्मक काममा पनि भिड जम्मा गरेर प्रचारप्रसारमा लागेका छन् । त्यति मात्र हैन राजावादीहरुसँगको आन्तरिक सम्बन्धका कारण पनि माओवादी नेताहरुले प्रचण्डको जाली झेली शैली आफूहरुलाई मन नपरेको बताउँदै आइरहेका छन् । प्रचण्ड सहकारी ठगी प्रकरणका आरोपित अदालतको आदेशमा ठूलो रकम धरौटी बुझाएर छुटेका पूर्व गृहमन्त्री तथा निलम्बित रास्वपा सभापति रवि लामिछानेलाई बचाउन सरकारले गरेको अनुसन्धानका बारेमा समेत असन्तुष्टि जनाइरहेका छन् । सो कुरा माओवादी केन्द्रभित्र कै नेताहरुलाई मन परेको छैन् । अघिल्लो आफू सरकारमा हुँदा प्रचण्डले लामिछानेलाई गोजीमैँ बोकेर संरक्षण गर्दै आएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *