राजनीति

पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ माओवादी केन्द्रभित्रको गुटवाद र नातावादले दिक्क

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल प्रचण्डले पार्टीभित्र कुनै गुटवाद र नातावादको चलखेल नभएको भन्दै बारम्बार संघीय संसद र सार्वजनिक कार्यक्रममा समेत अभिव्यक्ति दिदैँ आएका थिए । तर नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र रहेको गुटवाद र व्यक्तिवादका कारण आफू पार्टीभित्र दिक्क भएको बताएका छन् ।

शुक्रबार चितवनमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवादका कारण पार्टीभित्रका शीर्ष नेताहरुबीच आरोप, प्रत्यारोप लाग्ने र आन्तरिक द्वन्द्वको फैलिएको र पार्टीको राजनीतिक भविष्य समेत विगतको भन्दा कम्जोर हुँदै गएको स्पष्ट पारेका छन् ।

प्रचण्डको दोहोरो चरित्र माओवादी केन्द्रका कतिपय नेताहहरुलाई मन नपरेका कारण पार्टीभित्र गुट र उपगुटका नेताहरुमाथि लगाइएका विभिन्न आरोपमा विषयमा समेत सामाजिक संजालमैँ बारम्बार समाचारहरु समेत बाहिरिसकेका छन् । माओवादी नेत जनार्दन शर्मा र प्रचण्डको नै कुरा मिल्दैन् । नेता श्रेष्ठले माओवादीभित्र देखिएको समस्या रुपान्तरण अभियानबाट हल हुनेमा आफू ढुक्क रहेको बताएका छन् । उनले माओवादी अध्यक्ष प्रचण्डले लिएको अभियानको विषयमा आफूले साथ र सहयोग दिने स्पष्ट पारे ।

अहिले नै पार्टीभित्रको समस्या पूरै हल भइनसकेको भन्दै श्रेष्ठले अध्यक्ष प्रचण्डले चालेका अभियानलाई आफूले सक्दो सहयोग गर्ने बताए । प्रचण्डको नेतृत्वमा नै पार्टीलाई रुपान्तरण र पुनगर्ठन गर्न एकतावद्ध ढंगले अघि बढाउने उनले बताए । यस्तै नेता श्रेष्ठले भरतपुरको विकास क्रान्तिकारी ढंगले भएको भन्दै मेयर रेनु दाहालको प्रशंसा गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *