काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सहकारी ठगीमा मुछिएपछि लामिछानेमाथि विभिन्न प्रश्न उठाउँदै विवादमा परेकी रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाले दोस्रो पटक पार्टीभित्र खोजी गर्ने हो भने कोही न कोहीसँग केही काण्डहरु फेला पर्न सक्ने भएको बताएकी छिन् ।
केही दिनअघि सामाजिक सञ्जालमार्फत् ‘रवि लामिछाने गृहमन्त्री हुँदा बलात्कार आरोपीलाई उन्मुक्ति दिएको’ अभिव्यक्ति दिदैँ आएपछि संग्रोला विवादमा परेकी छिन् । रास्वपा सभापतिमाथि सहकारी ठगी प्रकरणको केस चलिरहेको समयमा सो अभिव्यक्ति दिएपछि रास्वपाका नेता तथा कार्यकर्ताहरुले उनको आलोचना गर्दै सामाजिक संजालमा विभिन्न उपनाम दिएपछि पार्टीप्रति संग्रोला आक्रोसित बनेकी हुन् । पार्टीप्रति आक्रोसित बनेकी संग्रौँलामाथि पार्टीका नेता तथा कार्यकर्ताले नकरात्मक टिप्पणी गरेपछि मंगलबार संग्रौँलाले पाटीभित्र अनुसन्धान गरेको अवस्थामा कुनै न कुनै काण्ड फेला पर्ने बताएकी छिन् ।
उनले सामाजिक संजालमा एक पोष्ट सार्वजनिक गर्दै आफुमाथि आलोचना गर्ने पार्टीका नेता तथा कार्यकताहरुमाथि अनुसन्धान गर्दा कुनै पनि काण्ड फेला पर्न सक्ने खुलासा गरेकी हुन् । ज्वालाले आफ्नो अभिव्यक्तिको बचाउ गर्दै पार्टी केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधे आफू जवाफ दिन तयार रहेको बताएकी छिन् । उनले सार्वजनिक ठाउँमा वाक स्वतन्त्रताको प्रयोग गर्न पाउने अधिकार भएको भन्दै पार्टीले आफुमाथि विभिन्न आरोप र प्रत्यारोपन लगाएर कारबाहीको बाटो रोज्छ भने आफू प्रतिवाद गर्न तयार रहेको उनको भनाइ छ ।
उनले रास्वपाका नेता तथा कार्यकर्ताहरुलाई सभ्य भएर कुरा राख्न आग्रह गर्दै सो गतिविधिमा केन्द्रितहरुमाथिका काला कर्तत सार्वजनिक गर्दै गएको अवस्थामा नेता तथा कार्यकर्ताहरुका काण्ड सार्वजनिक गरे नैतिक रुपमा सिर ठाडो पारेर हिँड्ने अवस्था समेत आउन् सक्ने उल्लेख गरिन् । केन्द्रीय सदस्य ज्वालाले पार्टीको चुनावी अभियानमा आर्थिक अपचलन गरेर निलम्बनमा परेका पूर्वनेता–कार्यकर्ताहरूले आफ्नो खेदो खनेको आरोप लगाएको उल्लेख गर्दै ‘बलात्कार आरोपीलाई उन्मुक्ति दिएको’ भन्ने लेखाइमा केही त्रुटी भएको समेत उल्लेख गरेकी छिन् ।
ज्वालाले सामाजिक सञ्जालमा यस्तो लेखेकी छिन् , ‘मेरो एउटा सामान्य लेखाइको त्रुटी, त्यो पनि मैले सच्याएर तीनवटा स्पष्टीकरणसहितका स्टाटस लेख्दासमेत मलाई खेद्न छोडेका छैनन् । यसबाट म कतै विचलित भएकी छैन, किनकि यस्ता बाधाका पहाडमाथि टेक्दै जीवनको उकाली चढेको निक्कै साल भै सक्यो ।’ रास्वपा नेतृ संग्रौँला पार्टीभित्र देखिएका हरेक समस्या समाधानमा महत्वपूर्ण भूमिका निवार्ह गर्न रुचाउँछिन् । पाटी र सिस्टमलाई परिवर्तन गरेपछिमात्र देशमा आर्थिक,सामाजिक, सन्तुलन मिलाउन सकिने उनको भनाइ छ ।




