काठमाडौं । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिएका छन् । गृहमन्त्री रमेश लेखकले बिहीबार राज्य व्यवस्था समितिको बैठकमा शेरा दरबारसमबन्धी गम्भिरताका साथ अध्ययन भैरहेको बताउदैँ प्रचण्डलाई सरकारलाई धन्यवाद दिन तयार भएर बस्न आग्रह गरे ।
प्रचण्डलाई जवाफ दिंदै गृहमन्त्री लेखकले भने, ‘शेरा दरबारसमबन्धी गम्भिरताका साथ अध्ययन भैरहेको छ । कसैको नाममा गैरकानुनी रुपमा गेको छ भने फिर्ता हुन्छ । पूर्वप्रधानमन्त्रीले प्रचण्डले धन्यवाद दिन्छु भन्नुभएको छ । धन्यवाद दिन तयार भए हुन्छ । गैरकानुनी रुपमा गएको रहेछ भने फिर्ता हुन्छ यसकारण सरकारलाई धन्यवाद दिन तयार भएर बसे हुन्छ ।’
त्यसअघि बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरा दरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका थिए । गृहमन्त्रीले अन्तिममा जवाफ दिने बताएपछि प्रचण्डले अख्तियार ऐन संशोधन विधेयक र एमाले सांसद घिमिरेले उठाएको विषयमा आफ्नो धारणा राख्दै सरकारलाई धन्यवाद दिने बताएका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले शेरा दरबारको जग्गाका सम्बन्धमा कानुन विपरीत भए फिर्ता ल्याउन सरकारलाई आग्रह गरेका थिए।
‘शेरा दरबारको जग्गाबारे कानुन विपरीत काम भएको छ भने फिर्ता ल्याइयोस, म सरकारलाई धन्यवाद भन्छु’, प्रचण्डले संसदको राज्य व्यवस्था समितिको बैठकमा भनेका थिए ।




