राजनीति

संसद्को हिउँदे अधिवेशन पुस अन्तिम साता बोलाउने सरकारको तयारी

काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशन पुस अन्तिम साता बोलाउने तयारी गरेको छ ।

२५ पुस आसपासमा अधिवेशन बोलाउने सरकारले तयारी गरेर संसद्मा बिचाराधीन विधेयकहरू अगाडि बढाउने विषयमा सत्तारुढ दलको तर्फबाट प्रयास जारी छ । सत्तारुढ दलका नेताहरूले संसद्मा बिचाराधीन विधेयकहरू अगाडि बढाउने र हिउँदे अधिवेशनको तयारीमा तिव्र गतिमा अगाडी बढ्ने सरकारको तयारी रहेको बताएका छन् ।

हिँउदे अधिवेशन समयमा नसक्दा अर्को समस्या थपिने भएकाले समायमा अधिवेशन बोलउने सरकारको आन्तरिक तयारी छ । एमालेले संसदीय समितिमा विचाराधीन विधेयक अगाडि बढाउन भनेर फोकल पर्सन नै तोकिसकेको छ । संसद्को वर्षे अधिवेश गत भदौ ३१ गते अन्त्य भएको थियो । हिउँदे अधिवेशन बोलाउन सत्ता प्रतिपक्ष दलहरुले सरकारलाई सुझाव दिदैँ आएका छन् । लामो समयसम्म अधिवेशन नबोलाएको भन्दै प्रतिपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *