राजनीति

एमालेको कारबाहीमा परेपछि बाबुराम भट्टराई र गौतमको अबको भावि दिशा के ?

काठमाडौं । नेकपा एमालभित्र कुनै एक समय निकै नाम कमाएका पूर्व प्रधानमन्त्री तथा एमालेको कारबाहीमा परेका एमाले नेता डा. बाबुराम भट्टराई र एमालेका पूर्वउपाध्यक्ष समेत रहेका बामदेव गौतम अहिले छुटै पाटी खोल्ने की नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने विषयमा आफ्ना धारणा राखिरहेका छन् । २०७८ सालमा एमालेसँग विद्रोह गरेर माधव नेपालले गठन गरेको एकिकृत समाजवादी पाटीमा एमाले पूर्वाध्यक्ष गौतमलाई अध्यक्ष नेपालले निम्तो गरिरहेका छन् । तर एमालेबाटै बहिस्कार भएपनि आफूले छुट्टै पार्टी खोल्ने सोचमा रहेका भट्टराई ।

यद्यपी गौतम र भट्राईको के्रेज पनि उस्तै छ । एक समय चर्चा कमाइसकेकाले उनीहरु पनि अतालिनुपर्ने अवस्थामा देखिएका छैन् । पछिल्लो समय गौतम नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जाने तयारीमा दौडधुपमा लागेका छन् । गौतमले अध्यक्ष नेपाललाई आफ्नो योजना बताएका छन् । सोमबार अध्यक्ष नेपाल र गौतमबीच पार्टी एकीकृत गर्ने सवालमा करिब २ छलफल भएको थियो । छलफलमा गौतमले आफ्नो अभियानका तर्फबाट एकीकृत पार्टीमा व्यवस्थापन गर्नुपर्ने केही नेताहरू र आफूलाई पार्टीमा दिने जिम्मेवारीबारे चासो देखाएका छन् । उनका अनुसार एकिकृत समाजवादीमा भएका केही नेताको जिम्मेवारीमा फेलबदल आउने देखिन्छ ।

गौतमले आफूबाहेक सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्यमा राख्ने नामावली यसअघि नै बुझाएका थिए । उनले १५ जना केन्द्रीय सदस्य, दुई जना सचिवालय सदस्य, चार जना स्थायी कमिटी र ७ जना पोलिटब्युरो सदस्य आफ्नातर्फबाट राख्नुपर्ने सर्त समेत राखेका छन् । तर अध्यक्ष गौतमलाई उक्त विषयमा केही जवाफ भने दिएका छैनन् ।

सबै नेताको व्यवस्थापन गर्ने ठाउँ अहिले नभएको नेपालले संकेत दिएको गौतमले विभिन्न अन्तर्वातामा बताइसकेका छन् । एकिकृत समाजवादीमा गौतम वरिष्ठ नेताको रुपमा चिनिन् चाहन्छन् तर अध्यक्ष नेपालले बरिष्ठ पदका विषयमा अभिव्यक्ति दिएका छैनन् । गौतमले तोकिएको जिम्मेवारी पूर्ण रुपमा समाल्नेमा आफू विश्वस्त भएको भन्दै काम गर्ने कार्यक्षेत्रका विषयमा समेत प्रश्न उठाएका छन् ।

गौतमले पार्टीमा अहिले भएको संरचनालाई गतिशील गर्नेगरी जिम्मा दिन आग्रह गरेको बताएका छन् । आफुलाई रोजेको जिम्मेवारी दिएमा आगामी २०८४ को निर्वाचनमा पार्टीलाई सकभर बहुमत नभएपनि लार्जेस्ट पार्टी बनाउने दाबी गरेका थिए । गौतमले नेपालमा संसदीय प्रणाली असफल भइसकेकाले आगामी दिनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने र त्यसमा पनि पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने सर्त राखेका छन् ।

तर रावल एमालेको कारबाहीपछि अलग्गै पार्टी घोषणा गर्ने तयारीका साथ अघि बढेका छन् । डा । रावलले आगामी बुधबार पत्रकार सम्मेलन मार्फत विगत र वर्तमानका विषयमा स्पष्ट धारणा राख्ने बताएका छन् । रावलले आफ्नो पार्टीको नाम कम्युनिस्ट शब्द विनाको हुने आफू निकटस्थहरूलाई बताउने गरेका छन् । तर, पार्टीको नीति, विचार, सिद्धान्त कार्यक्रमबारे उनी केही बोलेका छैनन् । रावल नयाँ पार्टी गठनको तयारीमा जुटेकाले आन्तरिक भेटवार्ता र छलफललाई तीव्रता दिइरहेका छन् । आज रावलले सुदूरपश्चिम प्रदेशका सांसद तारा जोशी र नेपाली कांग्रेस बिपीका उपसभापति कर्ण मल्ललाई भेटेर नयाँ पार्टीबारे छलफल गरेका छन् । मल्लले सो भेटलाई सकरात्मक सन्देशका रुपमा लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *