काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा बलियो प्रमाण फेला परेको छ । अहिले लामिाछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धान जारी छ । सोही क्रममा कास्की प्रहरीले रवि र उनको श्रीमतीको खातामा लगभग साढे २१ करोड जम्मा भएको प्रमाण फेला पारेको हो ।
एक अनुसन्धान अधिकृतका अनुसार रवि र निकिताको बैंक खातामा अस्वाभाविक ट्रान्जिक्सन देखिएको छ । लोकान्तरसँग भने, ‘सम्भवतः सम्पत्ति शुद्धीकरण मुद्दाले पनि रविमाथि थप सजाय निर्धारण गर्ने देखिएको उनको भनाइ छ । पछिल्लो ४ वर्षमा ग्लोबल आईएमई र सिद्धार्थ बैंकमा रहेको रविको खाता तथा नेपाल बैंक र सिद्धार्थ बैंकमा रहेको निकिताको खातामा कुल २१ करोड ४० लाख ४२ हजार कारोबार देखिएको एक अनुसन्धान कर्ताले जानकारी दिए । उक्त रकमको स्रोत कसरी र कहाँबाट यसरी बैङ्कमा जम्मा भयो भन्ने विषयमा सहकारी प्रकरणमा पक्राउ परेका लामिाछाने पुष्टि गर्न नसकेको अवस्थामा लामिाछानेमाथि शुद्धीकरणमा समेत मुद्धा चल्ने प्रहरी स्रोतले जनाएको छ ।
कास्की प्रहरीले जिल्ला सरकारी वकिलमार्फत पुस ५ गते शुक्रबार जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि अनुसन्धान गरिरहेको हुनाले ९० दिनभित्र मुद्दा अदालतमा दर्ता गरिसक्नुपर्ने बाध्यता रहेको छ । छविलाल जोशी बञ्जाडे पक्राउ परेको दिनबाटै रविसहितका अरू ४ जनाको म्याद मिलान भएकाले पुस ५ मा कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर गर्नुपर्ने कानूनी बाध्यता छ । लगत्तै थुनछेक बहस शुरू हुनेछ । तर लामिछानेलाई त्यसअघि नै उन्मुक्ति दिने विषयमा रास्वपा सिङ्गो टिम मात्रै लागेको छैन् सत्ता प्रतिपक्षदलहरु समेत अनुसन्धान प्रभावित पार्ने खेलमा लागेका छन् ।
रविविरुद्ध सहकारी ठगीभन्दा संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा बलियो प्रमाण फेला परेको प्रहरी अनुसन्धान कर्ताहरुे बताउँदै आएका छन् । तर सोही कुरालाई ढाकछोप गर्ने विषयमा विभिन्न किसिमका गतिविधिहरु संचालन हुँदै आएका छन् । स्वर्णलक्ष्मी, सहारा, सुप्रिम, सूर्यदर्शन र सानोपाइला सहकारीबाट गोरखा मिडियामा पुगेको करोडौं रकम परिचालनको अधिकार पाएका रविले श्रीमती निकिता पौडेलको बैंक खातामा ३५ लाख रुपैयाँ जम्मा गरेको भेटिएको समेत अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।
रविले निकिताको नाममा गोरखा मिडियाको नामको चेक काटेर दिएको प्रमाण प्रहरीले पहिल्यै नै फेला पारिसकेको छ । गोरखा मिडियाबाटै रविले ससुरा उद्धव पौडेलको स्वामित्व रहेको गोपीकृष्ण मुभिजको नाममा २५ लाखको चेक काटेको समेत प्रमाण प्रहरीको हातमा छ । सहकारी ठगी छानबिन गर्न बनेको संसदीय विशेष समितिले सहकारीबाट गोरखा मिडियामा पुगेको ६५ करोड ५४ लाख रुपैयाँ गएको देखाए पनि प्रहरी अनुसन्धानका क्रममा थप ३ करोड बढी गोरखा मिडियामा पुगेको फेला परेको जनाएको छ ।
रवि जोडिएको गोरखा मिडियामा ५ वटा सहकारीबाट रकम गएको देखिएको र उक्त रकम ल्याउँदा गितेन्द्रबाबु (जीबी) राई, कुमार रम्तेल, पूर्व डीआईजी छविलाल जोशी बञ्जाडेलगायत पनि जोडिएकाले संगठित अपराध गरेको पुष्टि भएको कास्की प्रहरीले जनाएको छ । रविले छविलालमार्फत जीबी राईलाई चिनेको बयान दिएका छन् । कुमार रम्तेलले सहकारीको रकम गोरखा मिडियामा ल्याउने बेला रवि र जीबीबीच बैठक बसेको बताएको र छविसहितकाले गोरखा मिडियाबाट ऋण लिएको अनुसन्धानबाट खुलेको छ,’ स्रोतले भन्यो, ‘गोरखा मिडियामा भित्रिएको सहकारीको रकम आफैंले भटाभट चेक काटेर बाँडेको स्वयं रविले स्वीकारेकाले उनी सहकारीको रकम अपचलनमा पनि दोषी ठहर्ने देखिन्छ ।’
पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिमलगायतका सहकारी संस्थाबाट गोरखा मिडियाले लिएको ऋणको ब्याज तिर्न रविकै हस्ताक्षर रहेको चेकबाट भुक्तानी गरेको प्रमाण समेत प्रहरीले फेला पारिसकेको छ। कास्की प्रहरीका प्रवक्ता एवं डीएसपी वसन्तकुमार शर्माले प्रहरीले सूक्ष्म अनुसन्धान गरेर मुद्दाको मिसिल तयार पारेको संकल्प खबरलाई जानकारी दिए । सूर्यदर्शनको रकम अपचलनमा संलग्न रहेको आरोपमा रवि, छवि, गुल्मीको मुसिकोट नगरपालिका–४ घर भएकी लिला पछाई, तनहुँका रामबहादुर खनाल र पोखरा घर भएका कृष्ण गुरुङ प्रहरीको हिरासतमा छन् । पक्राउ परेकाभन्दा बाहेक ३५ जनालाई फरार प्रतिवादी कायम गर्न राय दिने प्रहरीको तयारी छ ।
संचारमाध्यम र प्रहरी अनुसन्धानका क्रममा रविले सहकारी बचतकर्ताहरुको करोडौँ रकम हिनामिना गरेको पुष्टि हुँदा समेत लामिछाने कानुनी फन्दाबाट जोगिनकै लागि विभिन्न बहाना पार्दै आएका छन् । उक्त विषयलाई रास्वपाका नेता तथा कार्यकर्ताहरुले सर्पोट गर्दे आएका छन् । अपराधिलाई कानुनी दायरामा ल्याउन सरकार लागि परिरहेको समयमा अनुसन्धानमा प्रभावित पार्ने र विभिन्न नाट्कीय खेल खेल्न प्रवृतिको सबैले अन्त्य गरेर दोषीलाई कानुनको कठघरामा उभ्याउनुपर्छ ।