काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र पठाउँदै प्राकृति विपतका बेलामा नेपाललाई सहयोग गर्न भारत तयार रहेको बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई परेको अप्ठ्यारो परिस्थितिमा भारतको सधैं साथ उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रमार्फत यस्तो सन्देश पठाएका हुन् ।
नेपालमा बाढी–पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि भारतीय प्रधानमन्त्री मोदीले सहानुभूति पत्र पठाएको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी दिए ।
नेपालमा राहत, उद्धार र पुनर्निर्माणमा भारतको सहयोग हुने मोदीले पठाएको सन्देशमा उल्लेख छ । नेपालमा पटक –पटक आएको विनासकारी भूकम्पको समयमा पनि भारतले नेपाललाई विभिन्न किसिमका राहत सामाग्री वितरण गर्दै आएको छ । अमेरिकी भ्रमणमा गएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्माओलीबिच भएको भेटपछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीको समबन्धमा सुधार आएको छ ।




