रिबन

स्थानीय निर्वाचनमा लोकप्रिय मतमा कांग्रेस पहिलो : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले गत ३० बैशाखमा भएको स्थानीय तह निर्वाचनमा लोकप्रिय मतमा नेपाली कांग्रेस पहिलो दल भएको बताएको छ ।

आयेगले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको मत विवरणमा नेपाली कांग्रेसले दोस्रो स्थानमा रहेको नेकपा एमालेले भन्दा करिब एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको उल्लेख गरेको छ । आयोगले वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा दलहरुको लोकप्रिय मतको गणना गरेको छ ।

आयोगको आधिकारिक मत विवरण अनुसार नेपाली कांग्रेसले वडाध्यक्षहरूको मतका आधारमा ३९ लाख ५६ हजार १९३ मत पाएको छ । यस्तै नेकपा एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ । कांग्रेसले पाएको मत ३४‍.२८ र एमाालेले पाएको मत ३३.०३ प्रतिशत रहेको आयोगले जनाएको छ ।

माओवादी केन्द्रले १५ लाख ३ हजार २४७ मत पाएको छ । चौथो स्थानमा रहेको जसपाले वडाध्यक्षतर्फ ६ लाख ८८ हजार ३८० मत पाएको छ भने नेकपा एसले ४ लाख २२ हजार ७३७ मत वडाहरूमा पाएको छ ।

छैटौँ स्थानमा रहेको राप्रपाले ३ लाख ६४ हजार १६० मत पाएको छ । सातौँ स्थानमा लोसपा रहेको छ । उसले २ लाख ४४ हजार ८८८ मत पाएको छ ।

अन्य दल कस्को कति मत ?

[pdfjs-viewer attachment_id=251363 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/07/वडाध्यक्ष-पदमा-राजनीतिक-दलले-पाएको-मत-र-प्रतिशत.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/07/वडाध्यक्ष-पदमा-राजनीतिक-दलले-पाएको-मत-र-प्रतिशत.pdf download=true print=true fullscreen=true fullscreen_target=false fullscreen_text=”View Fullscreen” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *