काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने यसअघि सचिवालय बैठकले गरेको अनुमोदन गरेको छ ।
मंगलबारबाट सुरु भएको स्थायी कमिटी बैठकले सचिवालयको निर्णय अनुमोदन गरेको हो । निर्णय अनुमोदन भएसँगै पार्टीले सरकारमा नयाँ मन्त्री पठाउने सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
बैठकले अध्यक्ष माधव नेपालको चुनावी समिक्षा प्रतिवेदनसहित १० भन्दा बढी प्रतिवेदनहरू पारित गरेको छ । बैठकले आगामी असार १० गते पोलिटब्युरो र ११ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । त्यस्तै असार १३ गते केन्द्रीय परिषद् बैठक बोलाउने निर्णय गरेको छ ।




