राजनीति

सञ्चार मन्त्रालयको खर्च कटाएर एक रुपैयाँ कायम गरौं : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको खर्च कटौती गर्न प्रस्ताव पेस गर्ने भएका छन् ।

पूर्व सञ्चारमन्त्रीसमेत रहेका एमाले सांसद बाँस्कोटाले प्रतिनिधिसभाको बुधबारको बैठकमा खर्च कटौती गरी एक रुपैयाँ कायम गर्ने प्रस्ताव पेस गर्ने भएका हुन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको सम्भावित कार्यसूचीमा एमाले सांसद बास्कोटाले ‘विनियोजन विधेयक २०७९ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव पेस गर्न लागेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *