देश

दार्चुलाको तपोवन आसपास केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार दार्चुलामा आइतबार मध्यम खालको भूकम्प गएको छ ।

केन्द्रले दिएको जानकारीअनुसार बिहान ११ः५५ बजे दार्चुलाको तपोवन क्षेत्र आसपास केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस गरिएको जनाइएको छ ।

यसअघि वैशाख २४ गते पनि चराङ फेदी आसपास केन्द्रविन्दु भएर समान ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । हालसम्म दार्चुला भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *