काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले (मिलियन च्यालेन्ज कर्पोरेशन) एमसीसीका माध्यमबाट अमेरिकाले आफूलाई नेपालमा स्थापित गर्न चाहेको आरोप लगाएका छन् ।
बुधबार एमसीसीका विरुद्घमा ६ दल र दुई मोर्चाले गरेको संयुक्त आन्दोलनलाई सम्बोधन गर्दै नेता कट्टेलले अमेरिकाले नेपालको लागि सहयोग गर्न चाहेको हो भने एमसीसी बाहेकका अन्य संस्थाबाट गर्न समेत आग्रह गरेका छन् ।
‘यदि अमेरिकाले हाम्रो देशको विकासका लागि सहयोग गर्न चाहन्छ भने युएसएआइडी भन्ने संस्था छ त । तपाईको अनुदान त्यही संस्थाबाट दिनुस् हामीलाई ग्राह्य छ । एमसीसी मार्फत् अनुदान नेपाली जनताले स्वीकार्दैनन् । किन कि यो नेपालको राष्ट्रिय हितको पक्षमा छैन,’ उनले भने ।
आफूहरुले एमसीसी राष्ट्रघाति देख्दै गर्दा सत्तासिनहरुले एमसीसी विरोधीहरुलाई राष्ट्रघाति देख्ने गरेको उनले बताए ।
अमेरिका पसेका हरेका देशमा युद्द अनिवार्य भएको समेत उनले टिप्पणी गरेका छन् । ‘जहा अमेरिका पस्छ, त्यहा युद्द अनिवार्य छ । अमेरिका साम्राज्यवाद भनेको युद्द पिपासु शक्ति हो,’ उनले भने ।
यदि एमसीसीलाई रोक्न नसकेको खण्डमा मुलुकले अफ्गानिस्थानको अवस्था बेर्होनु पर्नेसमेत उनले बताएका छन् ।




