काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह भौतिक शास्त्रअन्तरगत प्रथम सेमेस्टरको परीक्षामा भएको अनिमियता छानबिन गर्न गठित समितिले एक वर्षपछि प्रतिवेदन बुझाएको छ ।
पुरानो कोर्षअन्तगत आशिंकतर्फको क्वान्टम मेकानिक फिजिक्स ५०३ विषयमा योग्यता नपुगी प्रमाणपत्र दिएको, प्रमाणको रुपमा रहेको उत्तरपुस्तिका नष्ट गर्न खोजेकोलगायतका विषयमा छानबिन गर्न गठित समितिले एक वर्षपछि प्रतिवेदन बुझाएको हो ।
२०७७ माघ २९ गते शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले छानबिन समिति गठन गरेका थिए । गंगाबहादुर थापाको संयोजकत्वमा पुस्करसिंह रैखोला र चक्रपाणि लम्साल सदस्य रहेको छानबिन समिति गठन भएको थियो । छानबिन समितिका संयोजक गंगाबहादुर थापाले प्रतिवेदन पाँचदिनअघि शिक्षाध्यक्ष प्रा. डा.भुसाललाई बुझाएको बताए ।
समितीले दुईवटा विषयमा छानबिन गरेका थियो ।
उनका अनुसार विद्यार्थीले गरेको उजुरीअनुसार परीक्षामा पाठ्यक्रमबाहिरबाट प्रश्न सोधिएको भनिएको विषयको यसअघि नै छानबिन भइसकेर प्रतिवेदनसमेत आइसकेकाले डीनको कार्यालयले उत्तरपुस्तिका नष्ट गरेको र योग्यता नपुगी प्रमाणपत्र दिइएको भनिएको विषयमा समितिले छानबिन गरेको थियो ।




