रिबन

राष्ट्रियसभा निर्वाचनः ५ दलिय गठबन्धनको समिकरण बलियो

संकल्पखबर। बुधबार (आज) राष्ट्रियसभाको निर्वाचन हुँदैछ।

देशभर हुने राष्ट्रियसभाको निर्वाचनमा १९ सिटका लागि ४३ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा ५ दलिय गठबन्धनको समिकरण बलियो देखिएको छ।

उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको समिकरण कमजोर देखिएको छ। कतिपय प्रदेशहरुमा उसले गठबन्धन गर्ने निर्णय पनि गरेको छ।

जसमा मधेश प्रदेशमा एमालेले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग गठबन्धन गर्ने सहमति गरेको छ।

मधेस प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन गर्ने सहमति एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपा मधेस प्रदेश कमिटीका अध्यक्ष जितेन्द्र सोनलले गरेका हुन् ।

यसबाहेक अन्य प्रदेशहरुमा लगभग एमाले एक्लै पाँच दलीय गठबन्धनसँग भिड्नेछ। यो अवस्थामा एमाले गठबन्धनसामु अत्यन्तै कमजोर देखिएको छ।

मधेश प्रदेशमा भने एमालेले लोसपासँग गठबन्धन गरेको अवस्थामा नतिजा कस्तो आउला रु भन्ने कौतुहलता पनि बढेको छ । तर कौतुहलतालाइ सहजै लिनुपर्ने अवस्था छ।

किनकि सो अवस्थामा पनि पाँच दलीय गठबन्धन नै हावी हुनेमा दुइ मत छैन ।

मधेश प्रदेशमा दुई सिटमा सत्तारुढ गठबन्धन र प्रतिपक्षी गठबन्धनका बीचमा प्रतिस्पर्धा हुनेछ।

जसका लागि गठबन्धनले साझा उम्मेदवार उठाएका छन् ।

उता लोसापाले भने छुट्टा छुट्टै उम्मेदवार उठाएका छन् । तर उनीहरुले एक अर्कालाई सघाउने छन् ।

गठबन्धनले मधेस प्रदेश महिलातर्फ माओवादी केन्द्रबाट उर्मिला अर्याल, एमालेबाट विना देवी, लोसपाबाट रुपाकुमारी यादवले उम्मेदवारी दिएका छन् ।

यस्तै अन्यमा समूह तर्फमा जसपाबाट महमद खालिद र एमालेबाट उसमान अंसारीले उम्मेदवारी दिएका छन् ।

मधेशको उम्मेदवारहरुको मतभार हेरौँ

मधेश प्रदेशमा जम्मा १०४ जना सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २ सय ६९ रहेका छन्।

सांसदको मतभार ४८ हो भने प्रमुख र उपप्रमुखको मतभार १८ हो । जसको जम्मा मतभार ९ हजार ८७० हुन्छ ।

मधेशमा ९पाँच दलीय गठबन्धन०रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको मात्रै मतभार ७ हजार ३०२ हुन्छ। यस आधारमा पाँच दलीय गठबन्धनसामु एमाले र लोसपाले पराजित हुनुको विकल्प देखिदैन ।

मधेशमा एमालेको सांसद संख्या ८, प्रमुख र उपप्रमुखको संख्या ३० रहेको छ । जसको मतभार ९ सय २४ मात्रै हुन्छ । त्यस्तै एमालेलाई सघाउने लोसपाको सांसद संख्या मधेशमा १६, प्रमुख र उपप्रमुखको संख्या ४४ रहेको छ । उसको मतभार १५ सय ६० हुन्छ ।

मधेशमा एमालेभन्दा बलियो लोसपाले एमालेलाई सघाउने छ । र, एमालेले पनि लोसपालाई सघाउनेछ । तर उनीहरुको दुवैको मतभार जोड्दो २४८४ मात्रै हुन्छ । यो अवस्थामा गठबन्धनसामु एमाले र लोसपाको पराजय निश्चित छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *