रिबन

ओली प्रतिगमन ज्ञानेन्द्र प्रतिगमनभन्दा पनि खतरनाक

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली प्रतिगमन ज्ञानेन्द्र प्रतिगमनभन्दा पनि खतरनाक रहेको बताएका छन् । उनले यो वा ऊ बहानामा ओली प्रतिगमनलाई न्यूनीकरण गर्ने गल्ती कसैले नगरौं भन्दै हिटलरबाट पाठ सिक्नुपर्ने उल्लेख गरेका छन् ।

चार पूर्वप्रधानन्यायाधीशहरूले प्रतिनिधिसभा विघटनको विरोध गर्दै ओली प्रवृत्तिबारे सामूहिक विज्ञप्ति निकालेपछि पूर्नन्यायमूर्तिको अपमान गर्न कस्सिएको भन्दै ओलीले अहिले गरेको प्रतिगमन गम्भीर, खतरनाक र दूरगामी प्रकृतिको भएको भन्दै भट्टराईले त्यसलाई परास्त गर्न राजनीतिक दल, न्यायालयलगायत राज्यका सन्तुलनकारी अंग, नागरिकलाई आह्वान गरेका छन् ।

डा.भट्टराईले सोमबार बिहान ट्विटमार्फत भनेका छन्, ‘ओली प्रतिगमन ज्ञानेन्द्र प्रतिगमनभन्दा पनि गम्भीर, खतरनाक र दूरगामी प्रकृतिको भएकाले यसका विरूद्ध राजनीतिक दल, न्यायालयलगायतका राज्यका सन्तुलनकारी अंग, आमनागरिक सबैको एकीकृत प्रतिरोध अनिवार्य छ। यो वा उm बहानामा ओली प्रतिगमनलाई न्यूनीकरण गर्ने गल्ती कसैले नगरौं। हिटलरबाट पाठ सिकौं ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *