काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको संसद् विघटनसम्बन्धी निर्णय असंवैधानिक भएको बताएका छन् ।
मेलमिलाप दिवसका अवसरमा सूचना, सञ्चार तथा प्रचार विभागले गरेको बिहीबार बिहान गरेको भर्चुअल संवादमा देउवाले संसद् पुनः स्थापनाको कुरै उठाउन चाहेनन्। उनले अदालतलाई प्रभाव पार्ने गरी कांग्रेसले आन्दोलन नगर्ने प्रस्ट पारे । अदालतमा विचाराधीन मुद्दामा नबोल्ने उनले बताए।
अदालतको क्षेत्राधिकारभित्रको कुरा भन्दै उनले संसद पुनर्बहालीको मुद्दा उठाउन चाहेनन्। ओलीको असंवैधानिक र अलोकतान्त्रिक कामको कांग्रेसले विरोध गरिआएको देउवाको भनाइ छ। तर, अदालतलाई प्रभाव पार्ने गरी धम्क्याउन नमिल्ने उनको तर्क थियो।




