काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा प्रशासनले डोजर चलाएर संरचनाहरू भत्काएको छ ।
लामो समयदेखि विवादित रहेको उक्त सरकारी जग्गा खाली गराउने अभियानअन्तर्गत प्रशासनले सोमबार यो कदम चालेको हो । डोजर पुगेपछि बस्तीवासीहरूले बिहानैदेखि आफ्ना सामानहरू हटाउन थालेका थिए ।
प्रशासनले कानूनअनुसार सरकारी जग्गा खाली गर्नुपर्ने अडान लिएको छ । बस्तीवासीहरूले भने आफूहरूको उचित व्यवस्थापन नगरी विस्थापित गर्न नहुने माग गर्दै आएका छन् ।
डोजर सञ्चालनपछि अहिले सो क्षेत्रमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ । स्थिति नियन्त्रणमा राख्न नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।




