काठमाडौं । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएका १७ जना चिकित्सकको लाइसेन्स खारेज गरेको छ ।
शुक्रबार काउन्सिलले सूचना जारी गर्दै उनीहरूको नाम दर्ता किताबबाट हटाइएको जनाएको हो । नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २४, नेपाल नागरिकता ऐन २०६३ तथा काउन्सिलको निर्णयअनुसार उक्त कदम चालिएको जनाइएको छ ।
नाम खारेज हुनेमा हङकङ, अस्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, पोर्चुगल र भारतका नागरिकता लिएका नेपाली मूलका चिकित्सकहरू रहेका छन् ।





