काठमाडौं । नेकपा एमालेले गणतन्त्रको सन्देश दिन र राजतन्त्रको पुनर्स्थापनाको प्रयासको भण्डाफोर गर्न देशव्यापी जागरण र्याली आयोजना गरेको छ।
नेकपा एमालेले देशभर गणतन्त्रको पक्षमा प्रदर्शन गर्दै राजावादीले गरेको उदण्डले काठमाडौंको उपत्यकासहितका विभिन्न क्षेत्रका अर्बोको क्षेति गरेको र ज्युँदो मान्छेलाई आगो लगाएर मारेको विषयमा अहिले सरकारले उश्रृङखल गतिविधि नगर्न आग्रह गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा राजतन्त्र अस्वीकार्य भएको बताउँदै आएको छ ।
नेकपा एमालेले देशभरका जिल्ला सदरमुकाम र प्रमुख सहरहरूमा मोटरसाइकल र्याली तथा सभा गरेको छ । यस्तै काठमाडौं उपत्यकामा एमालेले संयुक्त रूपमा मोटरसाइकल र्यालीको आयोजना गरेको हो । एमालेले सोमबार काठमाडौं उपत्यका ठूलो संख्यामा राजावादीको विरोध गर्दै संविधानको रक्षाका लागि सबै एक ठाउँमा उभिन आवश्यक रहेको सन्देश जारी गरेको छ।
महासचिव शंकर पोखरेले गणतन्त्रको रक्षा गर्नु सरकार मात्र होइन, जनताको पनि कर्तब्य रहेको बताएका छन् । उनका अनुसार राजावादी गतिविधिको प्रतिवाद गर्ने अभियानमा ठूलो संख्यामा जनपदर्शन सडकमा देखिएको छ । प्रदर्शन शान्तिपूर्ण तरिकाले अघि बढेको छ । राजतन्त्र पक्षधरहरूको गतिविधि बढेसँगै एमालेले त्यसको प्रतिवाद गर्ने देशव्यापी अभियान अघि बढाउने निर्णय यसअघि नै गरिसकेको थियो।
शुक्रबारको राजावादी आन्दोलन तोडफोड र लुटपाटमा परिणत भएपछि यसको चर्को विरोध भइरहेको छ। तीनकुने घटनाका लागि पूर्वराजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार ठहर गर्दै प्रमुख दलहरूले कारबाहीको चेतावनी दिएका छन्। गणतन्त्र पक्षधर अन्य दलहरू पनि राजावादी गतिविधिको प्रतिवादमा जुटेका छन्।
एमालेले आजको अभियानका लागि १० वटा मुख्य नारा तय गरेको छ । हत्या, हिंसा र लुटपाट बन्द गर,जन्मसिद्ध अधिकार अस्वीकार गरौं, हामी दास र रैती बन्न मञ्जुर छैनौं, हत्यारालाई कारबाही गर,शान्ति सुरक्षा कायम गर,सामाजिक अराजकता अन्त्य गर, जस्ता नाराहरु अभियानमा छन् ।
एमालेले देशव्यापी रूपमा राजावादी अराजकता विरुद्ध सचेतना अभियानलाई निरन्तरता दिने बताएको छ । आगामी दिनमा अझ सशक्त रूपमा गणतन्त्रको पक्षमा अभियान चलाइने एमाले नेताहरूको भनाइ छ।










