राजनीति

दाङमा पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध राजावादीको विरोध प्रदर्शन

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध दाङमा राजावादीहरूले विरोध प्रदर्शन गरेका छन्। शुक्रबार भट्टराई बसेको होटल नजिकै राजावादी युवा समूहले कालोझण्डा देखाउँदै विरोध जनाएका हुन्। सन्देश भण्डारी क्षेत्रीको नेतृत्वमा रहेको समूहले ‘संघीयता खारेज गर, धर्मनिरपेक्षता हटाउ’ जस्ता नारासहित प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर तनाब भएको थियो। विरोधमा उत्रिएका व्यक्तिहरूले बोकेका कालोझण्डा प्रहरीले खोसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। ‘हामीले विषयलाई गम्भीर रूपमा लिएका छौँ, अनुसन्धान जारी छ,’ जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए। यसअघि पनि संघीयता र धर्मनिरपेक्षताको विरोध गर्दै विभिन्न ठाउँमा राजावादी समूहले प्रदर्शन गर्दै आएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *