राजनीति

रवि लामिछानेको सांसद पद निलम्बनमा

काठमाडौं । सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएसँगै रास्वपा सभापति रवि लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्ने भएको छ । अभियुक्त लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार बिगो कायम गर्न माग गर्दै कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । आइतबार मुद्दा दायर भएसँगै उनको पद स्वतः निलम्बनमा परेको हो ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनमा भएको व्यवस्थाअनुसार लामिछानेको सांसद पद स्वतः निलम्बनमा परेको जानकारी गराए । उनका अनुसार सहकारी ठगी मुद्धा दर्ता भएकाले सम्पत्ति शुद्धीकरणको दफा २७ मा भएको व्यवस्थाअनुसार स्वतः उनको निलम्बन स्वत निलम्बन भएको हो ।

उक्त दफामा ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ’ उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *