राजनीति

कीर्तिपुरको मेयरका लागि २० जनाबीच प्रतिस्पर्धा हुने

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुखमा २० जना प्रतिस्पर्धा हुने भएका छन् । निर्वाचन अधिकृतले सार्वजनिक गरेको अन्तिम नामावली सूची अनुसार नगरपालिका प्रमुखमा २० जना उम्मेदवार भिड्ने भएका हुन् ।

मंसिर २ गते भएको मनोनयन दर्ताको क्रममा २० जनाले उम्मेदवारी दर्ता गरेका थिए । तीमध्ये कसैले पनि उम्मेदवारी फिर्ता नलिएको निर्वाचन आयोगले जनाएको छ । तत्कालीन मेयर राजकुमार नकर्मीको गत साउन १० को मध्यरातमा निधन भएपश्चात् त्यहाँ उपनिर्वाचन गर्नुपरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *