देश

राष्ट्रियसभा बैठक : १० मिनेटका लागि स्थगन

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक १० मिनेटका लागि स्थगित भएको छ । अध्यक्ष नारायणप्रसाद दाहालले बैठक विशेष कारणवश स्थगित गरिएको सभालाई जानकारी गराए ।

बैठकको प्रारम्भमा अध्यक्ष दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र वाचन गरेका थिए । बैठकमा अध्यक्ष दाहाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यविभाजनसम्बन्धी पत्रको व्यहोरा जानकारी गराए ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *