मुख्य समाचार

कांग्रेस सांसद खतिवडाले भने– पर्यटनमन्त्री किराती कमिसन र स्टन्टबाजीमा रमाए

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पर्यटनमन्त्री सुदन किरातीको कार्यशैलीमाथि प्रश्न उठाउँदै कमिसन र स्टन्टबाजीमा रमाइरहेको बताए । आइतबारको प्रतिनिधिसभा बैठककमा बोल्दै उनले नयाँ विमान किन्ने भन्दै १८ करोड कमिसनको लिएको आरोप लगाए । सांसद अतिवडाले निगम ४८ अरब भन्दा धेरै ऋणमा डुबेको बताए । उनले आँफूसँग भएको विमान संचालनमा नल्याएको तर भाडामा लिएर चलाएको बताउँदै यस्तो कार्य शैली परिवर्तन संम्बन नहुने बताए । मन्त्री किँरातीले झन्डै १८ करोड नेपाली पैसा कमिसन खाने खेलमा लागेको सूचना थाहा भएको समेत उनले उल्लेख गरे ।

दुई तारे होटेललाई चार तारेको अनुमति दिने खेलमा समेत किराती लागेको कांग्रेस सांसद खतिवडाले उल्लेख गरे ।
उनका अनुसार मन्त्री किराँतीले माग नभइ पैसाको चलखेल गरेर नियुक्ती दिएको भनाइ छ । यस्तै नेकपा एमालेले समेत मन्त्री किँरातीकाे राजीनामा मागेकाे छ । अहिले मन्त्री किँरातीलाई सरकारले बर्खास्त नगरेको भन्दै चौतर्फी बिरोध भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *