देश

मनोहरा सुकुम्बासी बस्तीमा डोजर चल्दै, बाँकी घरटहरा हटाउने काम जारी

भक्तपुर । मनोहरा खोला किनारस्थित सुकुमबासी बस्तीमा अनधिकृत रूपमा बनेका घरटहरा हटाउने काम आज पनि जारी रहेको छ ।

बाँकी रहेका संरचना हटाउन १३ वटा डोजर प्रयोग गरी बिहानैदेखि भत्काउने काम अघि बढाइएको हो । करिब ८ सय घरटहरामध्ये करिब ६० प्रतिशत संरचना हिजो नै हटाइसकिएको छ ।

अवैध संरचना हटाउने क्रममा नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाका नगर प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार अधिकांश घरटहराबाट सामान निकालेर खाली गरिएपछि भत्काउने काम अघि बढाइएको हो ।

सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमयुक्त सार्वजनिक र सरकारी जग्गा खाली गर्ने अभियानअन्तर्गत उक्त क्षेत्रमा घरटहरा हटाउने काम सुरु गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *