मुख्य समाचार

नेत्रविक्रम चन्द विप्लवले पाए समाजवादी मोर्चाको संयोजकको जिम्मेवारी

काठमाडौं । सत्तारुढ चार दलको समाजवादी मोर्चा संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । आइतबार बसेको मोर्चाको बैठकले पूर्वसहमति अनुसार नै आलोपालो नेतृत्वका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालपछि विप्लवलाई संयोजक दिइएको हो ।

बालुवाटारमा बसेको मोर्चाको बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले मोर्चाको संयोजक परिवर्तन गरेर विप्लव बनेको जानकारी दिए । उनले अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चाको संयोजन समिति गठन भएको र देशका प्रमुख सहरमा जनपरिचालनको कार्यक्रम आयोजना गरिने निर्णय गरेको सेमत उनले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *