काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशमा मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको राजीनामा मागेका छन् ।
मूख्यमन्त्री स्वच्छता अभियानमा भएको भ्रष्टाचार र बेटी बचाऊ, बेटी पढाऊ अभियानमा भएको चरम अनियमितताका कारण अध्यक्ष यादवले मुख्यमन्त्री राउतको राजीनामा मागेका हुन् ।
अध्यक्ष यादवले राजनीतिक समिति बैठकमै यादवले राउतलाई मुख्यमन्त्रीबाट फिर्ता हुन निर्देशन दिएका थिए ।




