देश

नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने काँग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको अनिवार्य उपस्थितिको माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गर्ने प्रस्ताव पेश गरेपछि नेता आङदेम्बेले नीति तथा कार्यक्रम मन्त्रीले प्रस्तुत गर्न सक्ने भए पनि त्यससम्बन्धी छलफलमा उठ्ने प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने भन्दै सभामुखसँग रुलिङको माग गरे ।

उनको उक्त मागपछि नेपाली कांग्रेसका सांसदहरू आसनबाट उठेर विरोध जनाएका थिए । यस क्रममा सभामुखले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्दै संसद् सुचारु गर्न अनुरोध गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *