राजनीति

राष्ट्रिय सभाको आजको बैठकमा दल नेताहरुले सम्बोधन गर्ने

काठमाडौँ, । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ। सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सम्पन्न बैठकले आजदेखि शुरु हुने सङ्घीय संसद राष्ट्रिय सभाको २१औँ अधिवेशनका सन्दर्भमा कार्यसूची तयार गरेको हो।

कार्यसूचीका बारेमा छलफल गर्न बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले आज दिउँसो २ बजे बस्ने राष्ट्रिय सभा बैठकमा दलीय आधारमा दल नेताहरुले शुभकामना दिने, सरकारले ल्याएका अध्यादेशहरु पेश गर्ने लगायतका विषयमा टुङ्गो लगाएको अध्यक्षको सचिवालयले जनाएको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, राष्ट्रिय सभा उपाध्यक्ष लीला भण्डारी, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतक लगायतको सहभागिता रहेको थियो। आजै दिउँसो ४ बजे बस्ने सङ्घीय संसदको संयुक्त बैठकलाई सम्माननीय राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *