राजनीति

गृहमन्त्री खाँणले भने–नागरिकता विधेयकले राष्ट्रियता वलियो हुन्छ

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाबाट बहुमतले पारित भएको नागरिकता ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताएका छन् ।

कृष्ण जन्माष्टमी पर्वको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित चैतन्य झाँकी प्रवचन कार्यक्रममा गृहमन्त्री खाँणले विधेयक प्रमाणीकरण भएपछि नागरिकता पाउन नसकेका नेपाली बाबुआमाका छोराछोरी नागरिकताविहीन हुनु नपर्ने उल्लेख गरे ।

२०७२ सालमा संविधान बनेपछि कानून बनाउन नसक्दा नागरिकता पाउन नसकिएका युवालाई नागरिकता दिने उद्देश्यसहित विधेयक ल्याइएको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *