काठमाडौं । सरकारले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो ।
संसदमा रहेको नागरिकता सरकारले शुक्रबार मात्रै फिर्ता लिएको थियो । ४ वर्षअघि संसदमा दर्ता भएको विधेयकमाथि लगातार छलफल भएपनि पारित हुन भने सकेको थिएन ।




