काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक १ दिन पर सरेको छ ।
असार २८ गते वीरगञ्जमा बस्ने भनिएको बैठक मुस्लिम समुदायको पर्व बकर इदका कारण सरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
अब केन्द्रीय समिति बैठक असार २९ र ३० गते हुनेछ । बैठक वीरगञ्जको टाउन हलमा बिहान ११ बजेदेखि हुनेछ ।




