काठमाडौं । पार्टीका भातृ संगठनमा समानान्तर कमिटि बनाउने तयारी गरेको कांग्रेसको संस्थापन इतर समुहले समानान्तर कमिटि नबनाउने भएको छ ।
बिहिबार र शुक्रबार बसेको इतर समुहको बैठकमा समानान्तर समिति बनाउने विषयमा छलफल भएको थियो । बैठकमा सहभागी भातृ संगठनका नेताहरुले समानान्तर समिति बनाएर जानुपर्ने बताएको भएपनि अन्तिममा समानान्तर समिति नबनाउने निष्कर्षमा इतर समुह पुगेको हो ।
पार्टीभित्र रचनात्मक विद्रोह गर्नुपर्ने विषयमा समेत छलफल भएको भएपनि अहिले तत्कालै कुनै कदम अघि नबढाउने मुडमा इतर समुह देखिएको छ ।




