राजनीति

माओवादीभित्र ठुलो एकता हुन लागेको प्रचण्डको उद्घोष

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक दुई दिनमा नै माओवादीभित्र ठूलो एकता हुन लागेको दाबी गरेका छन् ।

पार्टी कार्यालयमा आयोजित पार्टी ध्रुविकरण कार्यक्रममा अध्यक्ष प्रचण्डले पूर्वमाओवादीका बिचमा एकता हुनसक्ने संकेत दिएका हुन् । उनले माओवादी आन्दोलन नै अहिलेको परिवर्तनको मुख्य बाहक शक्ति रहेको भन्दै सबै माओवादीहरु एक हुनुपर्ने समेत बताए ।

उनले गठबन्धन दलबीच मंसिरको पहिलो हप्ता निर्वाचन गर्नका लागि छलफल भइरहेको समेत जानकारी दिए । प्रचण्डले कार्तिकको अन्तिम साता वा मंसिरको पहिलो हप्ता संघ र प्रदेशको निर्वाचन हुने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *