काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले करिब आठ महिनाको छोटो समयमा आफ्नो पार्टीले प्राप्त गरेको सफलतालाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन् ।
स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट काठमाडौँ महानगरपालिका–१५ मा विजयी उम्मेदवारलाई बधाइ तथा स्थानीयवासीलाई आभार व्यक्त गर्न आयोजित कार्यक्रममा खनालले विद्रोहबाट गठन गरेको पार्टीले जनतालाई विश्वस्त पार्दै प्राप्त गरेको सफलताले अहिले पार्टी राष्ट्रव्यापी बन्न सफल भएको बताए ।
आगामी दिनमा देशभर सङ्गठनलाई विस्तार र व्यापक बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले निर्वाचनमा गठबन्धनले टिकट बाँडफाँटमा न्यायोचित मूल्याङ्कन गर्न नसक्दा आफ्नो दललाई सम्मान गर्न नसकेको र त्यसका कारण पार्टीलाई धेरै फाइदा नभएको दाबी समेत गरे ।




