राजनीति

एमाले सरकार परिवर्तनको खेलमा छैन– शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अहिले सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत प्रधानमन्त्रीको अफर आएको दाबी गरेका बेला महासचिव पोखरेलले भने सरकार परिवर्तनको खेलमा नभएको स्पष्ट पारेका हुन् ।

उनले भनेका छन्,‘यतिवेला नेकपा (एमाले) सरकार परिवर्तनको खेलमा छैन । विकास र समृद्धिका लागि वलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटदैछ ।’

महासचिव पोखरेलले वलियो शक्ति निर्माणको तयारी भनेर के भन्न खोजेका हुन् भन्ने स्पष्ट भने पारेका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *