राजनीति

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाइ कारबाही गर्न माग

काठमाडौं । पर्वतका क्रियाशील राजनीतिक दलहरुले राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कारवाहीको माग गरेका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै अध्यक्ष तिमिल्सिनालाई कारबाही गर्न माग गरेका हुन् ।

राष्ट्रियसभा अध्यक्षले मौन अवधिमा एमालेको आन्तरिक बैठक, प्रशिक्षण गर्ने, एमालेको विपक्षमा रहेका नेता कार्यकर्तालाई भौतिक र फोनबाट धम्क्याउने, सरकारी सुविधाको दुरुपयोग गर्ने तथा मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीलाई बोलाएर एमालेको पक्षमा माहोल बनाउन आदेश दिने गरेको आरोप उनीहरुको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *