काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चुनाव चिन्ह ‘तीर’ पाएको छ।
पार्टीका प्रवक्ता सुरेश आचार्यका अनुसार राप्रपा नेपालले चुनाव चिन्ह ‘तीर’ पाएको हो । गाई चिन्ह मागिरहेको राप्रपालाई निर्वाचन आयोगले गाई चिन्ह नदिएपछि तत्कालका लागि ‘तीर’ चिन्ह मागेको थियो ।




