देश

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत सर्गियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आज साँझ काठमाडौं आउँदैछन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी आज साँझ काठमाडौं ओर्लिने कार्यक्रम छ ।

३९ वर्षीय गोर दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत हुन् । उनी हाल भारतका लागि अमेरिकी राजदूतको जिम्मेवारीमा पनि छन् । ट्रम्पका निकट सहयोगी मानिने गोरलाई दक्षिण तथा मध्य एसियाका विशेष दूतको जिम्मेवारी पनि दिइएको छ ।

उनी नेपाल भ्रमणमा आउने हालको अमेरिकी उच्च तहका कूटनीतिज्ञमध्ये एक मानिन्छन् । यसअघि ७ वैशाखमा अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर काठमाडौं आएका थिए ।

गोरको नेपाल भ्रमण व्यापार, लगानी र दुई देशबीचको सम्बन्ध विस्तारमा केन्द्रित हुने अपेक्षा गरिएको छ । उनी राजनीतिक भेटघाट पनि गर्ने भए पनि प्रधानमन्त्री बालेन शाहसँग औपचारिक भेट हुने/नहुने टुंगो लागेको छैन ।

यसअघि आएका अमेरिकी अधिकारीहरूले सरकारका मन्त्री र केही राजनीतिक दलका नेताहरूसँग भेट गरेका थिए । तर प्रधानमन्त्रीसँग भेट हुन नसकेको घटनापछि यसपटकको भेटघाटलाई लिएर चासो बढेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *