नुवाकोट । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारूढ दलहरूले स्थानीय तहको निर्वाचन पर धकेल्न प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’को कुरा उठाएको बताएका छन् ।
नुवाकोटको विदुरमा प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘स्थानीय तहको निर्वाचन लगत्तै प्रतिनिधिसभाको निर्वाचन जुनसुकै बेलामा गरे पनि एमाले सामना गर्न तयार छ ।’
सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन आनाकानी गरिरहेको टिप्पणी गर्दै एमाले नेता ज्ञवालीले सरकारमा रहेका दलहरूले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी)लाई अनावश्यक रुपमा गिजोलेर भूराजनीतिक विषय बनाएको आरोप लगाए । रासस




